पोखरा । गण्डकी प्रदेशको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। माओवादी केन्द्रबाट सांसद बनेका कृष्णप्रसादको पक्षमा ३२ मत पाएका छन्। संविधानको धारा १४२ र प्रदेश सभा नियमावली ७ बमोजिम कृष्णप्रसाद प्रदेशका सभामुख निर्वाचित भएका हुन्।
उनले एमालेका २७, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद गरि ३२ जनाको मत पाएका हुन्। कांग्रेसकी सरस्वती अर्याल तिवारीले २६ मतमात्रै पाइन्। अर्को बैठक माघ २ गते दिनको दुई बजेका लागि डाकिएको छ। सोही दिन उपसभामुख चयन हुने कार्यतालिका रहेको छ।