काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरको जहाज दुर्घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरको जहाज दुर्घटना

    खबरपुञ्ज संवाददाता

    १ माघ २०७९, आईतवार

    काठमाडौं । पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थलनजिकै दुर्घटना भएको हो ।

    भर्खरै सञ्चालनमा आएको नयाँ र पुरानो विमानस्थलको बीचमा जहाज दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटना र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।