दमाैली । पोखरामा आज बिहान भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहँु–१ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् ।
वरिष्ठ नेता पौडेलले शोकवक्तव्य जारी गरी दुर्घटनाको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले घटनामा परी दिवङ्गत हुनुभएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
आज बिहान १०ः३२ बजे काठमाडौबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो ।