थलापति विजयको नयाँ फिल्मले एक सातामै कमायो २१० करोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    थलापति विजयको नयाँ फिल्मले एक सातामै कमायो २१० करोड

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०७९, बिहीबार

    काठमाडौ । दक्षिण भारतीय अभिनेता थलापति विजयको फिल्म ‘वरिसु’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

    तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन भइरहेको फिल्म सात दिनमा विश्वभरबाट २१० करोड कमाउँदै दुई सय करोड क्लबमा समावेश भएको हो। भारतसँगै फिल्मले अन्य देशमा पनि राम्रो व्यापार गरिहेको छ।

    भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार भारतमा फिल्मले तमिल भाषामा मात्रै ६१ करोड भारू कमाएको छ। फिल्मले हिन्दी भाषामा ३ करोड ८० लाख भारू र तेलुगु भाषामा २१ कराेड भारू कमाएको छ। 

    थलापति विजयको ‘वरिसु’ र अर्जुन कपूरको ‘कुत्ते’ एकसाथ प्रदर्शमा आएको थियो। विजयको ‘वरिसु’ ले हिन्दी बक्स अफिसमा ‘कुत्ते’ लाई पछि पारेको छ। ‘वरिसु’ ले ३ करोड ८० लाख भारू कमाउँदा ‘कुत्ते’ ले ३ करोड २० लाख मात्र कमाएको छ। 

    वामसी पैडिपल्ली निर्देशित फिल्ममा विजयसँगै रश्मिका मन्दनाको पनि मुख्य भूमिका छ।

    रश्मिकाको दक्षिण भारतीय फिल्म ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ खुब रूचाइएको थियो। उनी फिल्म ‘पुष्पा: द राइज’ पछि निकै चर्चामा आइन्। टलिउडमा जमेकी उनको चर्चा ’पुष्पा’ ले पूरा भारतभर फैलायो। 

    यो फिल्मको सफलतासँगै रश्मिकाले आफ्नो पारिश्रमिक पनि बढाएकी छन्। बलिउड लाइफका अनुसार उनी अहिले टलिउडकी महंगी अभिनेत्रीमध्ये एक हुन्।

    उनले पहिले एक फिल्मबापत् दुई करोड भारू लिन्थिन्। पुष्पादेखि भने उनले आफ्नो पारिश्रमिक तीन करोड भारू पुर्‍याएकी छन्। बढी पारिश्रमिक लिनेमा उनले अभिनेत्री सामन्था रूथलाई उछिनेकी हुन्।

    विजयले सन् १९८५ मा प्रदर्शन भएको फिल्म ‘नान मनिथन’ मा बालकलाकारको रूपमा काम गरेका थिए। उनको वास्तविक नाम विजय चन्द्रशेखर हो तर साथीभाइबीच उनी थलापतिका नामले चर्चित छन्। 

    १८ वर्षको उमेरमा उनले फिल्म ‘नालैथ्या थीरपु’ बाट अभिनेताको रूपमा डेब्यू गरेका थिए। यस फिल्ममा उनको नाम विजय थियो। यही नामले उनले ८ वटा फिल्ममा काम गरिसकेका छन्।