दमौली । व्यास नगरपालिका-१० डिहीगाउँमा शनिबार १५० जनाको निशुल्क मधुमेह तथा प्रेसर परीक्षण गरिएको छ । व्यास-३ स्थित व्यास डायग्नोष्टिक ल्याब्रोटोरी प्रालिको आयोजनामा डिहीगाउँमा १५० को निशुल्क मधुमेह तथा प्रेसरको परीक्षण गरिएको हो ।
डिहीगाउँमा सञ्चालित योग शिविरका क्रममा सहभागी सर्वसाधारणको निशुल्क परीक्षण गरिएको प्रालिका अध्यक्ष सुरेश तिमिल्सनाले जानकारी दिए । आफ्नै जन्मठाउँबाट सुरु गरिएको यो शिविर नगरपालिकाका सबै वडामा सञ्चालन गरिने उनको भनाई छ ।
शिविरमा डा. केविन पौडेलले सर्वसाधारणको स्वास्थ्य परीक्षण गरेका थिए ।