दमौली । नेकपा एमाले निकट अनेरास्ववियु तनहुँको अध्यक्षमा महेन्द्र श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न २२ औ जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन भएको छ ।
कार्यक्रममा अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रकाश पौडेल, एमाले नेताहरु विष्णुभक्त सिग्देल लगायतले नवनिर्वाचित कमिटीलाई बधाई दिएका थिए ।