भजन संकृतन समूहको अध्यक्षमा गौतम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    भजन संकृतन समूहको अध्यक्षमा गौतम

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०७९, शनिबार

    दमौली । व्यास–५ मा रहेको भजन संकृतन समूहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको अध्यक्षमा विष्णु गौतम चयन भएका छन् । संस्थाको पाँचौ साधारण सभा एवं तेश्रो अधिवेशनले अध्यक्षमा गौतमलाई सर्वसम्मत चयन गरेको हो ।

    कार्यवाहक अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न भएको पाँचौ साधारण सभा एवं तेश्रो अधिवेशनमा वयोवृद्ध मानसिंह थापाले पानसमा बत्तू वालेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

    अधिवेशनले उपाध्यक्षमा आईतमाया थापा, सचिवमा शरण खनाल, सहसचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र खनाल, सह कोषाध्यक्षमा पदम कुमार श्रेष्ठलाई चयन गरेको छ भने सदस्यहरुमा तेजप्रसाद अधिकारी, खुमा थापा, राजकुमार श्रेष्ठ, रोशन खनाल, शोभा खनाल, दिलमाया आले, र अमृता खनाललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

    नवनिर्वाचित अध्यक्ष गौतमले सबैको साथ र सहयोगले यो सस्था यहाँसम्म आईपुगेको हुँदा संस्थाको आवश्यकता र मर्म अनुसार काम गर्ने बताए ।