दमौली । व्यास नगरपालिकाले पूर्व स्वीकृति बेगर गरिएको खर्चको भुक्तानी दिन कार्यालय बाध्य नरहेको जनाएको छ । नगरपालिकाले सोमबार प्रेस विज्ञप्ती मार्फत् यस्तो बताएको हो ।
प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३५ (१) अनुसार अधिकार प्राप्त अधिकारीले बाहेक अरु कसैले पनि खर्च गर्ने आदेश दिन वा खर्च स्वीकृत गर्न हुदैन भन्ने प्रावधान उल्लेख भएको सर्वविदितै छ ।’
अधिकार प्राप्त अधिकारीको खरिद आदेश एवं खर्चको पूर्व स्वीकृति बेगर गरिएको खर्चको भुक्तानी नदिइने उनले बताएका छन् ।