


दमाैली । गण्डकी प्रदेश सरकार मातहत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठ र कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवाीरीको बढुवा भएको छ ।
भूमि, व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले डा. श्रेष्ठ र तिवारीको तहवृद्धि गरेको हो । दुवै जना अधिकृतस्तर नवौं तहबाट अधिकृतस्तर दशौं तहमा बढुवा भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखराबाट गत असोज २६ गते तहवृद्धिका लागि सूचना माग गरिएको थियो । प्रदेश निजामती सेवा अध्यादेश, २०७९ को दफा २७ बमोजिम माघ १ गतेदेखि लागु हुने गरी मन्त्रालयको माघ ५ गतेको निर्णयानुसार उनीहरुलाई बढुवा गरिएको मन्त्रालयले जनाएको छ ।