दमौली । व्यास नगरपालिका-१३ निवासी सुशील नरालले आफूले अध्ययन गरेको विद्यालय जनजागृती गङ्गा माविमा रु ५१ हजार एक सय ५१ को हिमनिधी नराल स्मृति अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालयको ५१ औ वार्षिकोत्सवको अवसरमा नरालले स्वर्गीय बुबा हिमनिधि नरालको स्मृतिमा सो अक्षयकोष निर्माण गरेका हुन् । उक्त विद्यालयमा दुई कार्यकाल आफ्नो बुबा अध्यक्ष रहेको र बुबाको सपना पूरा गर्न सो अक्षयकोष स्थापना गरेको नरालले बताए ।
उक्त रकमको व्याजबाट प्राप्त रकमबाट प्रत्येक वर्ष जेहेन्दार र दलित मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
अक्षयकोष निर्माणकर्ता नराल उक्त विद्यालयका पूर्व विद्यार्थी, पूर्व शिक्षक हुन् । उनी हाल लमजुङको दूधपोखरी गाउँपालिकामा शिक्षा अधिकृतका रुपमा कार्यरत छन्।