दमाैली । व्यास नगरपालिका-५ चापाघाटमा भजन संंकृतन समूहद्वारा सञ्चालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुने भएको छ । भागवत भाष्कर पण्डित कमल नयन गौतमले यहि श्रीपंचमीको अवसर पारेर आश्रमको शुभारम्भ गर्ने कार्यक्रम रहेकाे छ ।
शुभारम्भको अवसरमा आश्रमले विभिन्न क्षेत्रका वृद्धवृद्धालाई दिवाकालिन भोजन समेत गरिने र सोही दिनदेखि आश्रमको विधिवत संचालन गरिने संस्थाका अध्यक्ष विष्णु गौतमले जानकारी दिए ।
भजन संकृतन समूह विशुद्ध मानवीय संस्था भएको हुदाँ वृद्ध बुबा आमाको सम्मान आजको आवश्यकता भएकाे गाैतमले बताए ।
संस्थाले वृद्धवृद्धलाई भजन किर्तन, खाने, बस्ने र रमाउने व्यवस्था गरेको हुदाँ अबकाे दिनमा अरु परिस्कृत रुपमा मानव सेवामा लाग्ने संस्थाले जनाएको छ ।