बाराही बोर्डिङ र नेशनल एपोलोबीच स्वास्थ्य सम्झौता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाराही बोर्डिङ र नेशनल एपोलोबीच स्वास्थ्य सम्झौता

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०७९, बिहीबार

    दमौली । व्यास नगरपालिका-३ स्थित वाराही आवासीय माध्यमिक विद्यालय र नेशनल एपोलो अस्पतालबीच स्वास्थ्य सम्झौता गरिएको छ । सरस्वती पूजाको अवसर पारेर बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा अस्पतालसँग सम्झौता गरिएको हो ।

    विद्यालयका अध्यक्ष शंकरनारायण श्रेष्ठ र अस्पतालका अध्यक्ष चुडामणि दाहालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई एपोलो अस्पतालमा एउटा ओपिडीको टिकटले वर्षभरि नै स्वास्थ्य परीक्षण लगायतका विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउने प्रिन्सिपल उदित पौडेलले जानकारी दिए ।