नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन जाँदै रवि लामिछाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन जाँदै रवि लामिछाने

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७९, आईतवार

    काठमाडौ । सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका रवि लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाने भएका छन् । बिहान ११ बजे नागरिकताको प्रमाणपत्र लिन रवि प्रशासन कार्यालय जान लागेका उनीनिकट स्रोतले जानकारी दिएको छ । 

    ‘११ बजे जाने तयारीमा छौँ’, रविका सहयोगी प्रकाश सिग्देलले भने । कानुनविज्ञहरूसँग परामर्श गरेपछि लामिछाने नागरिकताको प्रमाणपत्र लिन जान लागेका हुन् । 

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले रविले पेस गरेको कागजात हेरेर नागरिकता दिने भएको छ । ‘उहाँले पेस गरेको कागजात र अदालतको फैसला अध्ययन गरेर निर्णय गर्छौं’, जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने । अदालतले पुनः नागरिकता प्रक्रियाको लागि अमेरिकी नागरिकता त्यागेको निस्सा हुनुपर्ने भनेको छ ।

    अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया नचालेको भन्दै सर्वाेच्च अदालतले लामिछानेले प्रयोग गरेको पुरानो नेपाली नागरिकता वैध नहुने ठहर गरेको थियो । 

    अदालतको यो फैसलासँगै लामिछाने सांसदसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।