थुनुवा फरार घटना : थप एक जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    थुनुवा फरार घटना : थप एक जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७९, मंगलवार

    काठमाडौ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् । हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल पक्राउ परेका हुन् ।

    यसअघि फरार रहेका थुनुवा मिथिला नगरपालिका–२ नक्टाझिजका रोशन महतोलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । चार थुनुवा अझै फरार छन् । उनीहरुको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

    फरार थुनुवाको जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरको संयुक्त टोलीले खोजी गरिरहेको छ । आइतबार राति हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ थुनुवा फरार भएका थिए ।