मोन्टेपिलरमाथि पिएसजीको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मोन्टेपिलरमाथि पिएसजीको जित

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७९, बिहीबार

    काठमाडौं । पेरिस सेन्ट जर्मने (पीएसजी) ले फ्रेन्च लिगमा वानमा मोन्टेपिलरलाई बुधबार राति ३-१ ले पराजित गर्दा स्टार फरवार्ड केलियन एमबाप्पेका लागि भने बिर्सनलायक बन्यो ।

    एमबाप्पेले घाइते भएर मैदान छाड्नुअघि दुई पटक पेनाल्टीमा चुके भने पोष्ट नजिकैबाट रिबाउन्डमा पनि गोल गर्न सकेनन् ।

    पीएसजीलाई जित दिलाउन फाबियन रुइज, लिओनल मेसी र वारेन जैरे एमेरीले गोल गरे । मोन्टपोलिएरका एर्नाअड नोर्दिनले एक गोल फर्काए ।

    यस जितपछि फीएजीले दोस्रो स्थानको मरासेमाथि ५ अंकको अग्रता बनाएको छ । २१ खेलबाट पीएसजीको ५१ अंक छ भने मर्सेको समान खेलबाट ४६ अंक छ । नान्ट्सलाई २-० ले हराएर मार्से दोस्रो स्थानमा उक्लेको छ ।