सत्ता समीकरण फेरबदल हुँदैन : प्रधानमन्त्री प्रचण्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सत्ता समीकरण फेरबदल हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७९, बिहीबार

    काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताएका छन् । बिहीबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नदिनेसमेत बताए । उनले भने, ‘‘राजनीतिक समीकरण फेरबदल हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन मैले बुझेसम्म,बाहिर निस्कने निर्णय गर्दैन।’’

    उनले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने स्पष्ट पारे ।