उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन रास्वपाको माग, गृहमन्त्रीका लागि २ दिन पर्खिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन रास्वपाको माग, गृहमन्त्रीका लागि २ दिन पर्खिने

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७९, बिहीबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

    पार्टी कार्यालय बसुन्धरामा बसेको बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए ।