काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पहिलो सुनुवाइ आजका लागि तोकिएको छ ।
नाबालिका किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि सर्वोच्चमा परेको रिटको आज सुनुवाई तोकिएको हो ।
उच्च अदालतको आदेश पछि रिहा भएका सन्दीपलाई पुनः नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट सङ्घको निर्णय भएको पर्सिपल्ट अर्थात आज शुक्रवार सर्वोच्चमा पहिलो सुनवाइ हुन लागेको छ । गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।