दमौली । बन्दीपुर गाउँपालिका तनहुँको १२ औँ गाउँसभा एवं हिउँदे अधिवेशन बिहीबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको गाउँ सभा एवं हिउँदे अधिवेशनको पहिलो बैठक पौष २८ गतेदेखि सुरु भएको थियो ।
वर्षे अधिवेशनमा छुटेका तथा कार्य सञ्चालनका लागि जारी गर्नुपर्ने कानुन, नियम तथा विधेयक पारित गर्न गाउँपालिकाको गाउँ सभा एवं हिउँदे अधिवेशन गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले पेश गरेको प्रतिवेदन र विधायन समितिका संयोजक बलबहादुर गुरुङले पेश गरेको पर्यटन विकास ऐन २०७९ र जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक २०७९ पारित भएको गाउँपालिका प्रवक्ता शिव कुमार श्रेष्ठले बताए।