टर्की भूकम्प : ७,९२६ जनाको मृत्यु, झन्डै ४०,००० घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    टर्की भूकम्प : ७,९२६ जनाको मृत्यु, झन्डै ४०,००० घाइते

    खबरपुञ्ज संवाददाता

    २५ माघ २०७९, बुधबार

    काठमाडौं । टर्कीमा सोमबारको भूकम्पपछि कम्तीमा सात हजार ९२६ जनाको मृत्यु भएको पुष्टि भएको छ । करिब ४० हजारजना घाइते भएका सीएनएनले जनाएको छ ।

    टर्की र सिरियामा गरी अहिलेसम्म झन्डै आठ हजारजनाको मृत्यु भएको हो । सिरियामा मात्र एक हजार ९०० भन्दा बढी मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ ।

    मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण हजारौँ भवनहरू भत्किएको बीबीसीले जनाएको छ ।

    स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो । सोमबारै दिउँसो टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो । ७.५ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा रहेको बीबीसीले जनाएको छ ।

    मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिले पनि धेरै मानिस भग्नावशेषमा फसेका सीएनएनले जनाएको छ ।