दोस्रो गैंडाकोट मेयर कप टी–२० क्रिकेटको उपाधि चितवनलाई, तनहुँ दोस्रो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दोस्रो गैंडाकोट मेयर कप टी–२० क्रिकेटको उपाधि चितवनलाई, तनहुँ दोस्रो

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०७९, सोमबार

    चितवन । नवलपुरमा आयोजित गैडाकोट मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । सोमबार सम्पन्न फाइनलमा तनहुँलाई हराउँदै चितवनले उपाधि जितेको हो ।

    तनहुँलाई ५२ रनको फराकिलो अन्तरमा हराउँदै चितवनले उपाधि रक्षा गरेको हो ।

    नव जागरण ग्रामीण विकास केन्द्रको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५८ रन बनायो ।

    बलिङमा तनहुँका प्रदीप अर्यालले २ तथा कप्तान चन्द्रकान्त पौडेल, सुवास खत्री र दिवस आचार्यले समान १ विकेट लिए ।

    १ सय ५९ रनको विजय लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ थालेको तनहुँ १४ बल बाँकी छदै सबै विकेट गुमाएर १ सय ६ रनमा समेटिन पुग्यो ।

    तनहुँका लागि मध्यक्रममा अशोक पौडेलले सर्वाधिक ४३ रन बनाए । यस्तै चन्द्रकान्त पौडेले १७, सुवास खत्रीले १३ र दिपेश बुढा मगरले ११ रन बनाए ।

    बेष्ट विकेट किपर तनुहँका समर कडेलले पाउदा फेयर प्ले टिमको अवार्ड बाग्लुङले पायो ।

    प्रतियोगिताको विजेता टोलीले २ लाख नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टोलीले १ लाख ५० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    माघ २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।