इण्डिकेटरमा समस्या देखिएपछि उड्नै लागेको सौर्यको जहाज फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इण्डिकेटरमा समस्या देखिएपछि उड्नै लागेको सौर्यको जहाज फिर्ता

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०७९, मंगलवार

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।

    एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।

    तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।