व्यास-२ का महिलालाई सूचना प्रविधि तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास-२ का महिलालाई सूचना प्रविधि तालिम

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०७९, मंगलवार

    दमाैली । व्यास नगरपालिका-२ महिला वडा समन्वय समितिकाे आयाेजनामा मङ्गलबारदेखि सूचना प्रविधि तथा अभिभावकत्व प्रशिक्षण सुरु भएकाे छ । वडाभित्रका विभिन्न टाेलका महिलाहरुलाई सूचना प्रविधि सम्बन्धी ज्ञान दिने उद्धेश्यले दुई दिने प्रशिक्षण सञ्चालन गरिएकाे हाे ।

    वडा कार्यालयकाे सहयाेगमा सुरु भएकाे कार्यक्रममा वडाध्यक्ष काशीराम श्रेष्ठले अहिलेकाे सूचना प्रविधिकाे युगमा यसबारेमा हरेक जानकार हुनुपर्ने बताए ।

    कार्यक्रममा वडा सदस्य सुरेश वाग्ले, रफत साना मियाँ, सविता रसाइली लगायतले बाेलेका थिए ।

    बुधबारसम्म सञ्चालन हुने तालिममा वडाभित्रका १७ वटा टाेलका महिलाहरुकाे सहभागिता रहेकाे छ ।