ओलीसँगको भेटबारे ब्रिफिङ गर्न माधव निवास पुगे किसान श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओलीसँगको भेटबारे ब्रिफिङ गर्न माधव निवास पुगे किसान श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०७९, मंगलवार

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद किसान श्रेष्ठ पार्टी अध्यक्ष माधवकुमार नेपालको निवास पुगेका छन् ।

    मंगलबार  दिउँसो ओली निवास बालकोट पुगेका उनि साँझ नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

    सांसद श्रेष्ठले  नेपाललाई भेटेर दिउँसो ओलीसँग भएको भेटघाटबारे ब्रिफिङ गरेका हुन् ।

    ‘नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रपतिमा आफ्नो दाबी कायम राखेको छ, मैले यही विषयमा दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेको हुँ ‘ श्रेष्ठले  भने, ‘त्यही कुरा साँझ नेपाल कमरेडसँग पनि भयो ।’

    भावी राष्ट्रपतिबारे  ओलीसँग  झन्डै दुई घन्टा छलफल गरेका उनले नेपाललाई ओलीसँग भेट गर्न सुझाव दिएका छन् ।