पललाई पूजाको जन्मदिनको शुभकामना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    पललाई पूजाको जन्मदिनको शुभकामना

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७९, बुधबार

    दमौली । नाबालिग जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम (पल) शाहलाई नायिक पूजा शर्माले जन्मदिनको शुभकामना दिएकी छन् ।

    नवलपुर अदालतबाट बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद फैसला सुनाइएका शाहलाई शर्माले शुभकामना दिएकी हुन् । उनले फेसबुकमा भनेकी छन्, ‘जन्मदिनको शुभकामना साथी ।’

    शाहलाई तनहुँ अदालतले भने सफाई दिइसकेको छ । उनले नवलपुरको फैसला विरुद्ध उच्चमा दिएको पुनरावेदन मुद्धामा उच्चले दुवै पक्षलाई झिकाउन आदेश दिइसकेको छ ।