पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०७९, शुक्रबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा काम गर्नका लागि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो ।

    प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले फागुन १८ गतेदेखि २७ गतेसम्म उक्त खण्ड बन्द गर्ने निर्णय भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख इन्जिनियर नरेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार राति १२ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गरिनेछ ।

    “राजमार्ग बन्द नहुँदा सवारी साधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले हाललाई दश दिनका लागि बाटो बन्द गर्ने निर्णय गरिएको हो,” सुवेदीले भने।

    मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड विभाजन गरी राजमार्ग विस्तारको काम भइरहेको छ ।