एमालेद्वारा सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेद्वारा सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०७९, शनिबार

    काठमाडौ । नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    आज बसेको पार्टी सचिवालय वैठकले सो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

    उनलेले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् ।