दमौली । व्यास नगरपालिकाले गर्भवतीलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महिलासँग उपमेयर कार्यक्रम अनुसार नगरपालिकाले गर्भवतीलाई पोषण बापत प्रोत्साहन रकम प्रदान गरेको हो ।
व्यास नगरपालिका-११,१२,१३ र १४ का ६ जना गर्भवतीलाई जनही पॉच हजारका दरले रकम वितरण गरिएको छ ।
नगरपालिकाले स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गराएका महिलालाई प्रोत्साहन बापत रकम दिन नीति ल्याएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
नगरपालिका भित्र रहेका सरकारी स्वास्थ्य संस्थामा कम्तिमा तीन पटक गर्भवती परीक्षण गर्ने महिलालाई रकम दिने प्रावधान रहेको उनले बताए ।