व्यासले काेभिड विरुद्ध बुस्टर खाेप अभियान चलाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासले काेभिड विरुद्ध बुस्टर खाेप अभियान चलाउने

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७९, मंगलवार

    दमाैली । व्यास नगरपालिकाले काेभिड १९ विरुद्ध विरुद्ध बुस्टर खाेप अभियान सञ्चालन गर्ने भएकाे छ । कोभिड १९ विरुद्धको पहिलो श्रृङ्खला (ज्यान्सेन खोपको एक मात्रा र अन्य कोभिड विरुद्धको खोपको हकमा दुई मात्रा) पूरा गरी तीन महिना भएका १२ वर्षमाथिका नागरिकलाई पहिलो बुस्टर खोप र पहिलो बुस्टर प्राप्त गरेको छ महिना पूरा भई उच्च जोखिममा भएका तोकिएका लक्षित समूहलाई दोस्रो मात्रा बुस्टर खोप दिन लागिएकाे हाे ।

    फागुन १८ र १९ गते नगरपालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्था मार्फत खाेप अभियान सञ्चालन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेतीले जानकारी दिए ।

    No description available.
    No description available.