पल शाह काठमाडौ ओर्लिदै, एयरपोर्टमा सर्वसाधारणको भिड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पल शाह काठमाडौ ओर्लिदै, एयरपोर्टमा सर्वसाधारणको भिड

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७९, मंगलवार

    काठमाडौं । अभिनेता पल शाह काठमाडौं आउने प्रतीक्षामा त्रिभुवन विमानस्थलमा भिडभाड बढेको छ । अत्यधिक संख्यामा पलका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिड लाग्दा एयरपोर्टबाहिरको वातावरण अस्तव्यस्त बनेको छ ।

    सोमबार जेलबाट छुटेका पल शाह मंगलबार पोखराबाट काठमाडौं आउन लागेका हुन् । उनी त्रिभुवन विमानस्थलबाट बाहिरिएको दृष्य कैद गर्न सयौँको संख्यामा युट्युवर र सञ्चारकर्मीको उपस्थिति छ ।

    युट्यूबरहरुले पल शाहलाई चिन्ने जोकोहीसँग अन्तरवार्ता लिन क्यामरा तेस्र्याउँदा यात्रुको आवागमनमा समेत अवरोध पुगेको थियो ।

    केहीबेर एयरपोर्टबाट यात्रु बाहिर ओसार्ने सटल बससमेत अवरुद्ध भयो । अहिले भिड पन्छाएर सटल बस सुचारु गरिएको छ ।