कांग्रेस-एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि संसद बैठक १८ दिन सर्‍यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस-एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि संसद बैठक १८ दिन सर्‍यो

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७९, बुधबार

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि प्रतिनिधि सभाको बैठक १८ दिन पर सरेको छ ।

    प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो एक बजे बस्ने तयारी थियो । तर, कांग्रेस र एमाले दुवैले आफूहरु प्रतिपक्षमा बस्ने जानकारी संसद सचिवालयलाई गराए । त्यसपछि दलहरुसँगको समन्वयमा संसद सचिवालयले सूचना जारी गरेर बैठक नै आगामी चैत ५ गतेसम्मका लागि स्थगित गरिदियो ।

    संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणबस सभामुखले प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ ।

    त्यो विशेष कारण भनेको नेपाली कांग्रेस र नेकपा एमाले दुवै प्रतिपक्षमा बस्ने स्थिति हो । कांग्रेस र एमाले दुवै प्रमुख प्रतिपक्षको बेन्चमा बस्ने अवस्था आएपछि संसद बैठक स्थगित गरिएको एक नेताले बताए ।