प्रदेश १ : कोसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रदेश १ : कोसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्ने

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०७९, बुधबार

    विराटनगर । प्रदेश १ को नाम कोसी राख्न नेकपा माओवादी केन्द्र पनि सहमत भएको छ । कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी पेश गर्ने सहमति गरेका थिए ।

    पहिचानको पक्षमा रहेको माओवादी केन्द्रले पनि कोसीमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्र प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए ।

    यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेको थियो । तर संसदीय दलको बैठकले कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको उप्रेतीले बताए ।