छक्कापन्जा ४ ले दुई दिनमा कमायो तीन करोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    छक्कापन्जा ४ ले दुई दिनमा कमायो तीन करोड

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७९, शनिबार

    काठमाडौ । काठमाडौं । ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक कमाइ गरेको छ । शुक्रबार र शनिबार ३ करोडभन्दा बढी हाराहारीमा ब्यापार गर्दै फिल्मले नेपाली फिल्मलाई आर्थिकरुपमा चलायमान बनाएको हो ।

    आगामी सोमबार, मंगलबार र बुधबार फागूपर्व र नारी दिवसको सरकारी बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण गरिएको छ । वितरक मनोज राठीले पहिलो सप्ताहन्त फिल्मले तीन करोडभन्दा बढी कमाइ गरेको जानकारी दिए ।

    शुक्रबार १ करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन दुई करोडसहित उछाल कमाइ गर्‍यो । शनिबार देशभरका मल्टिप्लेक्सदेखि सिंगल हलहरु शतप्रतिशत रहे । मल्टिप्लेक्सले आइतबारदेखि फिल्मको शोजमा वृद्धि गरेका छन् ।

    फिल्मको कूल कमाइमा मल्टिप्लेक्स र सिंगल पर्दा दुबैको योगदान उच्च छ । काठमाडौं उपत्यकासहित मोफसलमा समेत फिल्मको कमाइ उच्च देखियो । चलेको ब्राण्ड भएकाले पनि छक्कापञ्जाको ओपनिङ आक्रामक हुने प्रक्षेपण गरिएको थियो ।