दमौलीदेखि तनहुँसुरसम्म दौडिदै महिला (फोटो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दमौलीदेखि तनहुँसुरसम्म दौडिदै महिला (फोटो सहित)

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७९, बुधबार

    दमौली । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाले बुधबार महिला हाफ म्याराथन आयोजना गरेको छ । व्यास-३ दमौलीदेखि व्यास-११ तनहुँसुरसम्म २१ किमी दूरीको म्याराथन आयोजना गरिएको हो ।

    म्याराथनको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उदघाटन गरे । सो अवसरमा उनले म्याराथनले दुई ऐतिहासिक स्थललाई जोड्ने काम गरेको बताए ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रबर्धनका लागि नगरपालिकाले म्याराथन आयोजना गरेको बताए ।