काठमाडौ । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको तस्बिर भाइरल भएको छ।
राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेलको कपडा सिउने पसलमा कैद गरिएको तस्बिर भाइरल भएको हो।
तस्बिरमा सुचिकारले कपडाका लागि नाप लिइरहँदा ढाकाटोपीमा रहेका नेता पौडेल मुस्कुराइरहेका देखिन्छन्।
उक्त तस्बिरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘भोलिको तयारी’ भन्दै शेयर गरिरहेका छन्। निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिका लागि निर्वाचन गर्दैछ।
तर, उनको सचिवालयले उक्त तस्बिर अहिलेको नभएर पुरानो भएको दाबी गरेको छ। सचिवालयका अनुसार उक्त तस्बिर मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएपछि कैद गरिएको हो।