नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७९, शुक्रबार

    काठमाडाै । नागरिक उन्मुक्ति पार्टीले अध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मदेवार बनाउने निर्णय गरेको छ ।

    शुक्रबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले बताए ।

    बैठकको निर्णयबारे जानकारी दिँदै उनले भने, ‘आज बिहान बसेको संसदीय दलको बैठकले अध्यक्षज्यूलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । हामीले अहिले पार्टीले निर्णय गरेका हौँ । अब गठबन्धनमा छलफल गर्छौं ।’