राष्ट्रपति पौडेलद्वारा कांग्रेस परित्याग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडेलद्वारा कांग्रेस परित्याग

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७९, आईतवार

    काठमाडौ । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस परित्याग गरेका छन् ।

    गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पद तथा गोपनीयताको शपथ लिनु अघिल्लो आइतबार कांग्रेस परित्याग गरेका हुन् ।

    आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन् ।

    नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।