रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७९, सोमबार

    काठमाडौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । उनले सभामुखसमक्ष सोमबार राजीनामा पत्र बुझाएका हुन् । गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

    कांग्रेस वरिष्ठ नेता रहेका उनले आइतबार पार्टीको साधारण सदस्यतासमेत त्यागिसकेका छन् ।

    फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।