जनज्याेति क्याम्पसकाे स्ववियु निर्वाचनमा अनेरास्ववियुकाे उम्मेदवारी दर्ता, निशा श्रेष्ठ सभापति उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    जनज्याेति क्याम्पसकाे स्ववियु निर्वाचनमा अनेरास्ववियुकाे उम्मेदवारी दर्ता, निशा श्रेष्ठ सभापति उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०७९, मंगलवार

    दुलेगाैडा । तनहुँकाे भिमाद नगरपालिकास्थित जनज्याेति क्याम्पसमा अनेरास्ववियुले स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकाे छ । अनेरास्ववियुले अखिल क्रान्तकारी (संयुक्त) सँगकाे साझेदारीमा मङ्गलबार उम्मेदवारी दर्ता गरेकाे हाे ।

    स्ववियुकाे सभापतिमा अनेरास्ववियुबाट निशा श्रेष्ठ, सचिवमा स्वस्तिका भण्डारी र सदस्यहरुमा सुजिता थापा, तुलसी कुमाल, पुष्पा श्रेष्ठ, रुपा परिायर, यसुमाया थापाकाे उम्मेदवारी दर्ता भएकाे छ । काेषाध्यक्षमा अखिल क्रान्तिकारी (संयुक्त) का रिम नारायण श्रेष्ठकाे उम्मेदवारी दर्ता भएकाे छ ।

    स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ ।