राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०७९, मंगलवार

    काठमाडाै । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गरेका छन्। राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले मङ्गलबार औपचारिक पत्रमार्फत उनलाई बधाई ज्ञापन गरेकाे यहाँस्थित जापानी राजदूताबासले जनाएको छ ।

    राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्रतालाई प्रवद्र्धन गर्न तथा सहकार्य गर्न जापान सरकार नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको प्रधानमन्त्री किशिदाले उल्लेख गरेका छन् ।