स्ववियु निर्वाचन : जनज्योतिमा चार संगठनको गठबन्धन, विवश सभापति उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    स्ववियु निर्वाचन : जनज्योतिमा चार संगठनको गठबन्धन, विवश सभापति उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०७९, मंगलवार

    दुलेगाैडा । स्ववियु निर्वाचन अन्तर्गत तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा चार विद्यार्थी संगठनको गठबन्धन भएको छ । चैत ५ गते स्ववियु निर्वाचनका लागि चार संगठनले संयुक्त रुपमा गठबन्धन बनाई उम्मेदवारी दर्ता गरेका छन् ।

    जनज्योति क्याम्पसमा नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु (एकीकृत समाजवादी), नेपाल विद्यार्थी मोर्चाको गठबन्धन भएको छ ।

    उक्त गठबन्धनबाट सभापतिमा विवश पराजुली (विनोद), सचिवमा कल्पना सुनार र कोषाध्यक्षमा अमृत परियारको उम्मेदवारी दर्ता भएको छ ।

    सदस्यहरुमा निशा भुजेल, सविता माल, सचिन श्रेष्ठ, इन्द्रावती सार्की (लक्ष्मी) र काशिका रानाको उम्मेदवारी दर्ता भएको छ ।

    समानुपातिक सदस्यतर्फ सुमन रतन, सन्तोषी श्रेष्ठ, करिश्मा गहतराज, कृष्टि गैह्रे, दिपा राना, आरती विक, हजिरन मियाँ, सुजन पौडेल, बरुण खाँण र हिमाल श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।