एकदिवसीय क्रिकेट : नेपाल वरियतामा तीन स्थानमाथि उक्लियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एकदिवसीय क्रिकेट : नेपाल वरियतामा तीन स्थानमाथि उक्लियो

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०७९, बुधबार

    काठमाडौं । नेपालले एक दिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरियतामा तीन स्थान सुधार गरेको छ।

    आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरियतामा तीन स्थान सुधार गर्दै १६औँ स्थानमा आइपुगेको हो ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलवार राती सार्वजनिक गरेको वरीयतामा तीन स्थानमा माथि उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ ।

    जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औँ, अमेरिका १८औँ, यूएई १९औँ र पपुवा न्युगिनी २०औँ स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथि अर्थात् १५ औँ स्थानमा छ।

    नयाँ ओडिआई वरियतामा भारत शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो स्थानमा छ।