काठमाडौ । ३११ रनको लक्ष्य पछ्याउने क्रममा खराब शुरूआत गरे पनि आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालका कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। उनले ३२ बलमा अर्धशतक बनाएका हुन्। यस क्रममा उनले ४ छक्का र ३ चौका प्रहार गरे।
त्रिवि क्रिकेट मैदानमा ७ ओभर नपुग्दै ३ विकेट गुमाएको नेपालले यूएईविरुद्ध अहिले भने केही सम्हालिएको प्रदर्शन गरेको छ।
यसअघि नेपालका ओपनर ब्याटर आशिफ शेख खाता नखोली आउट भए भने कुशल मल्ल ५ बलमा ५ रन बनाएर आएट भएका थिए भने कप्तान रोहित पौडेललाई पनि नेपालले १६ रनमै गुमाएको थियो।