अखिल क्रान्तिकारीले तनहुँमा खाता खाेल्याे, सुष्मा बनिन् काेषाध्यक्ष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    अखिल क्रान्तिकारीले तनहुँमा खाता खाेल्याे, सुष्मा बनिन् काेषाध्यक्ष

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७९, बिहीबार

    दमाैली । स्ववियु निर्वाचन अन्तर्गत अखिल क्रान्तिकारीले तनहुँमा खाता खाेलेकाे छ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले शुक्लागण्डकी नगरपालिका-८ स्थित शहीद कृष्ण क्याम्पसकाे स्ववियु काेषाध्यक्षमा खाता खाेलेकाे हाे ।

    अखिल क्रान्तिकारीका तर्फबाट काेषाध्यक्षमा सुष्मा माकिम निर्विराेध निर्वाचित भएकाे अखिल क्रान्तिकारी तनहुँका अध्यक्ष मिलन महतले जानकारी दिए ।

    स्ववियु निर्वाचन हुने तनहुँका क्याम्पसमध्ये अखिल क्रान्तिकारी निर्विराेध हुने पहिलाे सङ्गठन बनेकाे छ ।