भानुभक्तमा स्ववियु निर्वाचन प्रक्रिया अगाडी बढाउन माग गर्दै अनेरास्ववियुको धर्ना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    भानुभक्तमा स्ववियु निर्वाचन प्रक्रिया अगाडी बढाउन माग गर्दै अनेरास्ववियुको धर्ना

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७९, शुक्रबार

    दुलेगाैडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया अगाडी बढाउन माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले धर्ना दिएको छ ।

    चुनावी प्रक्रिया सुरु नहुँदा स्ववियु निर्वाचन अनिश्चित बनेको बन्दै अनेरास्ववियुले चरणबद्ध आन्दोलन स्वरुप धर्ना कार्यक्रम सुरु गरेको हो । विद्यार्थीहरुले टाउकोमा कालोपट्टि बाँधेर धर्ना दिँदै निर्वाचन प्रक्रिया सुरु गर्न माग गरेको अनेरास्ववियु गण्डकी प्रदेश कमिटी सचिव आरके पोख्रेलले बताए ।

    नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेसँगै चुनाव प्रक्रिया रोकिएको छ । यसैको विरोधमा अनेरास्ववियुले सहज रुपमा निर्वाचन हुनुपर्ने माग राखेर आन्दोलन थालेको हो ।

    क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरुसँग वार्ता गरेर निर्वाचन हुने वातावरण सिर्जना गर्नुपर्ने अनेरास्ववियुको माग छ । स्ववियु निर्वाचन हुने वातावरण सिर्जना नगरे अनेरास्ववियुले थप आन्दोलनको घोषणा गर्ने पोख्रेलले बताए ।