खेलकुद क्षेत्रलाई उपेक्षा गर्न हुँदैन : राष्ट्रपति पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    खेलकुद क्षेत्रलाई उपेक्षा गर्न हुँदैन : राष्ट्रपति पौडेल

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७९, शुक्रबार

    काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताएका छन् । आईसीसी लिग–२ मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार शीतल निवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्न नहुने बताए ।

    राष्ट्रपति पाैडेलले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताए । उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औँल्याए ।

    उनले भने, ‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईँहरू विश्व कपको यात्राका लागि जाँदै हुनुहुन्छ । मैले हिजो इन्ट्रेस दिएर हेरेँ, असाध्यै राम्रो खेल थियो । दर्शकहरू पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नुहुँदैन । यसमा त विश्वका देशहरूसँग प्रतिस्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ ।’

    राष्ट्रपति पौडेलले खेलाडीहरूको मनोबल बढाउन सरकार लाग्नुपर्ने बताए ।