च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल मड्रिड र चेल्सी भिड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल मड्रिड र चेल्सी भिड्ने

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७९, शुक्रबार

    काठमाडौ । युएईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा साविक विजेता रियल मड्रिडले लण्डन क्लब चेल्सीको सामना गर्ने भएको छ।

    शुक्रबार अपरान्ह सार्वजनिक गरिएको क्वार्टर फाइनलको तालिका अनुसार यसअघिका लगातार दुई सिजनका विजेता भिड्ने भएका हुन्। 

    रियलले अन्तिम १६ को भिडन्तमा इङ्लिस क्लब लिभरपुललाई हराएको थियो। उता चेल्सी जर्मन क्लब बोरुसिया डर्टमन्डलाई अन्तिम १६ को भिडन्तमा हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो।

    २०२००२१ को सिजनमा चेल्सीले म्यानचेस्टर सिटीलाई पराजित गर्दै उपाधि जितेको थियो। २०२१/०२२ को सिजनको फाइनलमा रियल मड्रिडले लिभरपुललाई पराजित गरेको थियो। 

    यी दुईबीचको पहिलो खेल रियलको मैदानमा अप्रिल ११ मा हुनेछ। लण्डनमा दोस्रो लेगमा अप्रिल १८ मा आमनेसामने हुनेछन्। 

    यस्तै प्रिमियर क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बार्यनम्युनिखको भेट पनि क्वार्टरफाइनलमै भएको छ।

    यस्तै क्वार्टरफाइनलका अरु खेलमा इटालियन क्लब नापोली र एसी मिलान तथा इन्टर मिलानले पोर्चुगिज क्लब बेनिफिकाको सामना गर्नेछ।