तनहुँका ८० शहीदको नामावली राजपत्रमा प्रकाशित (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका ८० शहीदको नामावली राजपत्रमा प्रकाशित (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७९, शनिबार

    दमौली । सरकारले १० वर्षे जनयुद्धका क्रममा शहीद भएका तनहुँका ८० सहित देशभरका ८ हजार ३७१ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको छ । तनहुँका विभिन्न पालिका ८० शहीदको नामावली राजपत्रमा प्रकाशित भएको हो।

    नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष, क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सम्मानस्वरुप फागुन १५ गते शहीद घोषणा गर्ने निर्णय भए अनुसार उनीहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरिएको हो ।

    मन्त्रालयले ताप्लेजुङदेखि कैलाली जिल्लासम्म गरेर ७५ जिल्लाको सूची छुट्टा छुट्टै बनाएर प्रकाशित गरेको हो ।

    सूची अनुसार सबैभन्दा बढी रोल्पाका ७५३ जना सहिद रहेका छन् भने त्यसपछि क्रमशः दोस्रोमा रुकुमका ५८४ जना, तेस्रोमा कालिकोटका ४३३ जना रहेका छन् ।

    सबैभन्दा कम सहिद रहेको जिल्लामा भक्तपुर ६ जना, काठमाडौं ७ र ललितपुर १४ जना रहेका छन् ।