तनहुँमा आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँमा आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७९, शनिबार

    दमौली । भिमाद आइटिएफ एकेडेमीको आयोजनामा तनहुँ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । भिमाद नगरपालिका–६ स्थित नगर उद्योग वाणिज्य सङ्घको सभाहलमा शुक्रबारदेखि आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगिता दुई दिन सञ्चालन हुने तनहुँ जिल्ला आइटिएफ तेक्वान्दो सङ्घका अध्यक्ष एवं कार्यक्रम संयोजक आकाशचन्द्र घर्ती मगरले जानकारी दिए ।

    प्रतियोगितामा तनहुँका विभिन्न पाँच दोजाङका करिब एक सय ५० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा २६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।

    प्रतिभावान खेलाडीहरुको पहिचान तथा प्रोत्साहन, खेलाडीहरुको स्तरीयता अभिवृद्धि, ग्रामीण भेगमा खेलको महत्व बुझाउनुका साथै खेल पर्यटन मार्फत् जिल्लालाई अग्रसर गराउने उद्धेश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न रु चार लाख ५० हजार खर्च अनुमान गरिएको छ ।

    प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ । आर्थिक तथा प्रचारप्रसारमा गोपाल चन्द, रेफ्री तथा अफिसियलमा उत्तम थापा, खेलाडी व्यवस्थापनमा आशिष थापा, अतिथि तथा मञ्च व्यवस्थापनमा सौगात गुरुङ, होटल तथा यातायात व्यवस्थानमा सन्देश थापाको नेतृत्वमा उपसमिति गठन गरिएको छ ।

    प्रतियोगिताको उद्घाटन गर्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले खेलमा सम्भावना रहेकाले खेल क्षेत्रको विकासका लागि नगरपालिका सदैव सकारात्मक रहेको बताए ।