यु–१६ क्रिकेटका लागि तनहुँबाट खेलाडी छनोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    यु–१६ क्रिकेटका लागि तनहुँबाट खेलाडी छनोट

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७९, आईतवार

    दमौली । नेपाल क्रिकेट सङ्घ तनहुँले यु–१६ क्रिकेटका लागि तनहुँबाट खेलाडी छनोट गरेको छ । व्यास नगरपालिका–३ विपीवनवाटिका खेलमैदानमा शनिबार सम्पन्न खेलबाट क्रिकेट सङ्घले तनहुँ जिल्लाको खेलाडी छनोट गरेको हो ।

    तनहुँबाट छनोट भएका खेलाडीले गण्डकी प्रदेशस्तरमा प्रतिस्पर्धा गर्ने क्रिकेट सङ्घ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए । गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धामा उत्कृष्ट भएका खेलाडी नेपालको यु–१६ राष्ट्रिय टिममा छनोट हुनेछ ।

    आगामी मे १७ देखि २८ गतेसम्म मलेसियामा यु–१६ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । नेपालका सातवटै प्रदेशमा छनोट खेल गरी राष्ट्रिय टिम निर्माण गरिनेछ ।